Logo

संक्रमणकालीन न्यायको बाँकी काम छिट्टै पूरा हुन्छ: गृहमन्त्री श्रेष्ठ


Nagarik Abaj ९ बैशाख २०८०, शनिबार १९:५३ मा प्रकाशित

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले  संक्रमणकालीन न्यायको बाँकी काम छिट्टै पूरा हुने बताउनुभएको छ । 

नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष समेत रहनुभएका श्रेष्ठले प्रेस संन्टरको स्थापना दिवसको अवसरमा शनिबार आयोजित कार्यक्रममा दलहरुबीच सहमति नजुट्दा शान्ति प्रक्रियाका केही कार्य अहिलेसमम अधुरै रहेको धारणा व्यक्त गर्नुभयो ।

उपप्रधानमन्त्री श्रेष्ठले मुलुकको अर्थतन्त्रमा केही समस्या आएको उल्लेख गर्दै  ती समस्या छिट्टै समाधान हुने बताउनुभयो ।   ‘मुलुकको अर्थतन्त्र निस्कनै नसक्ने गरी संकटमा नफसेको छ र सरकारले अर्थतन्त्रमा देखिएका  समस्या समाधान गर्दै मुलुकलाई समृद्धिको यात्रालाई चलायमान बनाउन चाहेको छ’  उहाँले भन्नुभयो–  ‘तत्कालिक रुपमा केही अप्ठ्याराहरु देखापरेका छन् । तर, अर्थतन्त्र गम्भीर संकटको चक्रब्यूहमा पसेर निस्कनै नसक्ने जस्तो गरी बुझ्नु हुँदैन । केही समस्याहरु छन्’ उनले भने, ‘त्यो समस्याहरुलाई हामीले गम्भीरतापूर्वक विश्लेषण गरिराखेका छौं । त्यसलाई सकारात्मक ढंगले सम्बोधन र समाधान हामी छिट्टै गर्नेछौं ।’ 

‘डेढ देश बितिसक्यो । तर हामीले शान्ति प्रक्रियाको काम पूरा गर्न सकिरहेका छैनौं’ उहाँले भन्नुभयो– संविधान जारी गरेको मात्रै कुरा गर्ने हो भने पनि ७ वर्ष बितिसक्यो । तर हामीले यो काम पूरा गरेका छैनौं । यो कामलाई पूरा हुन नदिन एउटा वा अर्को रुपमा विभिन्न प्रयत्न भइराखेका छन । त्यो प्रयत्नलाई असफल पार्दै हामीले शान्ति प्रक्रियालाई समग्रतामा पूरा गर्नका लागि यो बाँकी कामलाई पूरा गर्नु छ ।


ताजा समाचार