
काठमाडौं । अर्थविद् डा. रमेशकुमार पौडेल राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त हुनुभएको छ । कुशल अर्थशास्त्री पौडेललाई मन्त्रिपरिषद्ले योजना आयोगको सदस्य नियुक्त गरेको हो ।
विभिन्न माध्यमबाट अर्थतन्त्र सुधारको पक्षमा सक्रिय हुँदै आउनुभएका पौडेल त्रिभुवन विश्वविद्यालय, अर्थशास्त्र केन्द्रीय विभागका सहप्राध्यापक रहनुभएको छ ।
नेपाल टेलिभिजनमा अर्थसम्बन्धी कार्यक्रम शुरुवात गराउनुभएका पौडेल जनता प्रसारण तथा प्रकाशन कम्पनी लिमिटेडको प्रमुख कार्यकारी निर्देशन समेत भइसक्नुभएको छ । उहाँ अहिले जनताको बोर्ड सदस्य हुनुहुन्छ ।