Logo

बेलायतबाट दिईने पृथ्वी पुरस्कारबाट सम्मानित हुँदै अहिराज


Nagarik Abaj २३ पुष २०७९, शनिबार ०८:३९ मा प्रकाशित

काठमाडौं । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस दिवसको अवसरमा प्रदान गरिने पृथ्वी पुरस्कार डा. राजेश अहिराजलाई प्रदान गरिने भएको छ । पूर्व प्रदेश प्रमुख समेत रहेका अहिराजलाई बेलायतको लण्डनबाट प्रदान गरिदै आएको एक लाख रुपैयां रासीको पुरस्कार प्रदान गरिने भएको हो ।
संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतका अध्यक्ष भरत क्षेत्री आफैंले स्थापना गरेको पृथ्वी पुरस्कार यस वर्ष राजनीतिकशास्त्रका अध्येता डा. अहिराजलाई दिईने बताएका छन् । राजनीतिमा आवद्ध नरहेको, राष्ट्रियताका सवाल र पृथ्वी नारायण शाहबारे वकालत गर्दै आएका एक जना स्वतन्त्र बुद्धिजीविई उक्त पुरस्कार वर्षेनी प्रदान गरिदैँ आएको आयोजकले जनाएको छ । डा. अहिराजले प्रदेश प्रमुख हुँदा आफ्नो कार्यकक्षमा पृथ्वीनारायण शाहको तस्बिर राखेर चर्चा समेत कमाउनुभएको थियो ।
गत वर्ष प्राध्यापक तथा राजनीतिक विश्लेषक डा सुरेन्द्र केसीलाई पहिलोपटक उक्त पुरस्कार प्रदान गरिएको थियो । संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतले लन्डनमा ११ जनवरी बुधबार पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउने गर्दछ ।


ताजा समाचार