मुख्य समाचार
पुँजीवादी व्यवस्थालाई बदल्नुपर्नेमा अध्यक्ष नेपालको जोड | प्रतिनिधिसभाले प्रतिस्थापन विधेयकलाई सदनमा नै छलफल गरेर अगाडि बढाउने | समाजवादी मोर्चा माओवादीलाई सरकारमा जान बनाइएको टेको नभएको प्रचण्डको दाबी | पेट्रोलियम पदार्थको मूल्यमा गिरावट | बिआरआई अवधारणा नेपालको सर्वोत्तम हितमा रहेको झलनाथ खनालको दाबी | कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्ने अभियानमा लागेको महासचिव चन्दको भनाई | उमन्स डे कप टी २० श्रृंखलामा नेपालले हङकङलाई हरायो | नेकपा एसको आन्दोलनको कार्यक्रम सार्वजनिक | तोलामा ४ हजारले बढ्यो सुनको मूल्य | वैदेशिक शिक्षा तथा भाषा परीक्षाका अनलाइन भुक्तानी गर्दा लाग्ने सेवा शुल्कमा ५०% छुट |

संसदमा विचारधीन विधेयकहरूबारे छलफल गर्न कार्यदल निमार्ण

Nagarik Sewa 1242+ समाचार ( )
१० पौष २०८१, बुधवार

काठमाडौं। संघीय संसदमा विचारधीन विधेयकहरूबारे छलफल गर्न सत्तारूढ नेपाली कांग्रेस र नेकपा (एमाले) ले कार्यदल बनाएका छन्।कार्यदलमा दुवै पार्टीका संसदीय विभागका प्रमुखहरू, संसदीय दलका प्रमुख सचेत तथा सचेतकहरू सदस्य रहनेछन्।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको दुई दलका शीर्ष नेताहरूको बैठकले विधेयकहरूमा सहमति जुटाएर आउँदो अधिवेशनमा पेस गर्न सहज हुने गरी छलफल गर्न र सुझाव पेस कार्यदल बनाउने निर्णय गरेका हुन्।

एमाले संसदीय विभागका प्रमुख योगेश भट्टराईका अनुसार कार्यदलले सबै विचाराधीन विधेयकहरूमा छलफल गरेर साझा धारणाा तय गर्नेछ। ‘संसदमा धेरै विधेयकहरू अलपत्र अवस्थामा छन्। ती सबैको अवस्थाबारे अध्ययन गरेर कसरी अघि बढाउन सकिन्छ छलफल गर्छौं र एउटा सुझाव पेस गर्छौं,’ उहाँले भन्नुभयो। 

विधेयकहरू अघि नबढ्दा संसदले बिजनेस नपाएको टिप्पणी भइरहेका बेला दुई दलले संसदीय काम कारबाही  प्रभावकारी बनाउने भन्दै कार्यदल बनाउने निर्णय गरेका हुन्।

यसअघि दुवै दलका शीर्ष नेताहरू भएको  उच्चस्तरीय संयन्त्र बनाइएको थियो। संयन्त्रले सरकार सञ्चालनका लागि सुझाव दिने काम गर्छ। यो संयन्त्रमा एमालेका वरिष्ठ नेता ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल र  उपमहासचिव विष्णु रिमाल छन्। कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, परराष्ट्र मन्त्री आरजु राणा देउवा र गृहमन्त्री रमेश लेखक संयन्त्रमा छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार