काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्य तोलामा १ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ सय रुपैयाँले बढेर प्रतितोला छापावाल सुन १ लाख ५५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन प्रतितोला १ लाख ५५ हजार ७ रुपैयाँमा कारोबार भइरहेको थियो ।
आज चाँदीको भाउ भने स्थिर रही १ हजार ८६० रुपैयाँ कायम भएको छ । हिजो पनि चाँदी तोलामा १ हजार ८६०५ रुपैयाँमा कारोबार भएको थियो ।