काठमाडौं। अदालत परिसरमा रश्मिला धामीले विष सेवन गरेपछि प्रहरीले नियन्त्रणमा लिएको छ । एमालेका युवा नेता ऐन महरको जाहेरीमा बझाङ घर भएकी युवती धामी पक्राउ परेकी हुन् ।
उनीमाथि आपराधिक लाभ (एक्सटर्सन) कसूरको आरोप छ । महरले आफूमाथि ‘हनी ट्रयाप’ मा पारेको भन्दै काठमाडौं प्रहरीमा दिएको जाहेरीका आधारमा काठमाडौं जिल्ला अदालतबाट वैशाख ३१ गते पक्राउ पुर्जी जारी भएको थियो ।
बुधबार पाटनस्थित उच्च अदालत परिसरबाट उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीसँग उनी आमुने(सामुने भएकी थिइन् । प्रहरी देख्नासाथ आत्तिएर विषादीजन्य वस्तु सेवन गरेको प्रहरी स्रोतले बतायो । उनलाई उपचारका निम्ति पुल्चोकस्थित अल्का अस्पताल लगिएको थियो । सँगै रहेकी न्यायाधीश भुवन गिरी पत्नी आरतीले अस्पतालमा नाम टिपाउने क्रममा उनी रश्मिला धामी भएको पहिचान खुलेको थियो ।