सुर्खेतमा फूल्यो मनै लोभ्याउने गुलमोहर (तस्बिरहरु)

Nagarik Sewa 594+ समाचार ( )
३१ वैशाख २०८१, सोमबार

काठमाडौं । वीरेन्द्रनगरका कुइनेपानी, घण्टाघर, जिल्ला अदालत लगायत विभिन्न ठाउँमा फुलेका गुलमोहरले जोकोहीलाई मोहित बनाउँछ। वसन्त ऋतुमा प्रकृतिले काँचुली फेरेर उमंग ल्याउँछ। हरियाली र रंगीचंगी फूलले प्रकृति सिँगारिन्छ। यही मौसममा गुलमोहरले वीरेन्द्रनगरलाई थप मनमोहक बनाइरहेको छ।

कुइनेपानी क्षेत्रमा लगाइएको गुलमोहरले प्रकृतिलाई सौन्दर्यसँगै विभिन्न पक्षी संरक्षणमा टेवा पुर्‍याएको छ। तत्कालीन राजा वीरेन्द्रको आग्रहमा कुइनेपानी क्षेत्रको सडक छेउमा गुलमोहर रोपिएको थियो। स्वच्छ र सफासँगै हरियाली नगर बनाउने योजनासाथ अगाडि बढेको वीरेन्द्रनगर नगरपालिकाले गुलमोहर संरक्षणमा पनि जोड दिएको छ।