नेपालले आज यूएईको सामना गर्दै

Nagarik Sewa 594+ समाचार ( )
२४ जेठ २०८१, बिहीबार

काठमाडौं। फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको खेलमा नेपालले आज यूएईको सामना गर्दैछ ।

समूह एचमा मा रहेको नेपाल र यूएईबीचको खेल साउदी अरबको दमामस्थित प्रिन्स मोहम्मद बिन फहद स्टेडियममा नेपाली समयअनुसार राति ९स् ४५ बजे सुरु हुनेछ । नेपालले घरेलु मैदानमा खेल्नुपर्ने यो खेल दशरथ रंगशालको अवस्थाका कारण न्युट्रल भेन्युमा खेलाउन लागिएको हो ।

एएफसीले दशरथ रंगशालाको मैदानको अवस्था, फ्लड लाइट र सुरक्षाको विषयमा प्रश्न उठाएपछि नेपालले घरेलु मैदानमा खेल्ने अवसर गुमाएको हो ।यसअघि बहराइनविरुद्ध घरेलु मैदानमा खेल्नुपर्ने खेल पनि नेपालले बहराइनकै मैदानमा गएर खेलेको थियो ।

दोस्रो चरणमा नेपलालले यसअघि खेलेको चारै खेलमा हार बेहोरेको छ । नेपाल अंकविहीन हुँदै पुछारमा छ । उता समूहको चारवटै खेल जितेर यूएई शीर्ष स्थानमा छ र विश्वकप छनोटको तेस्रो स्थानमा छनोट भइसकेको छ । यस्तै यूएईले एसियन कपमा पनि स्थान पक्का गरिसकेको छ । यूएई ४ खेलबाट १२ अंकसहित शीर्ष स्थानमा छ । उतिनै खेलबाट बहराइन ९ अंक जोडेर दोस्रोमा छ । यमन ३ अंकसहित तेस्रो स्थानमा छ । बहराइनले पनि लगभग तेस्रो चरणमा स्थान बनाइसकेको छ । आजै बहराइनले पनि घरेलु मैदानमा यमनसँग खेल्दैछ ।

यूएईका प्रशिक्षक पाउलो बेन्टोले पनि आफ्नो लक्ष्य पूरा भइसकेको बताउँदै नेपालविरुद्ध जितकै लागि खेल्ने बताए । ‘हामीले हाम्रो लक्ष्य पूरा गरिसकेका छौं । अब हामी बाँकी खेलमा पनि जित निकाल्दै समूहको शीर्ष स्थानमा रहन चाहन्छौं।’

यस्तै नेपालका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले यस पटक नेपालको तयारी राम्रो भएको भन्दै राम्रो खेल प्रदर्शनको आशा राखेका छन् । ‘यसपटक तयारी राम्रो भएको छ । खेलमा हारजित जे भए पनि हामी राम्रो खेल्छौं । मलाई खेलाडीहरुमा विश्वास छ,’ एनेसले पनि म्याचमा भने, ‘विगतको भन्दा यो टोली अनुभवी छ । यूएईविरुद्ध राम्रो खेल पस्केर हामी एसियन कपको तेस्रो चरणको छनोट खेल्न चाहन्छौं ।’

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार