सेन्ट लरेन्स कलेजको अभिमुखिकरण तथा परामर्श कार्यक्रम सम्पन्न

Nagarik Sewa 1+ समाचार ( )
२२ श्रावण २०८०, सोमबार



काठमाडौँ । विगत २६ वर्षदेखि गुणस्तर शिक्षामा कटिबद्ध चावहिलको सेन्ट लरेन्स कलेजले अभिमुखिकरण तथा परामर्श कार्यक्रम सम्पन्न गरेको छ । राष्ट्रिय नाच घर जमलमा आयोजित अभिमुखिकरण तथा परामर्श सँगसँगै कलेजले नव आगन्तुक विद्यार्थीहरूलाई कलेजकका बारेमा जानकारी सहित कक्षा ११ मा स्वागत गरेको हो ।

कार्यक्रममा सभापतिका रूपमा सेन्ट लरेन्स कलेजका अध्यक्ष केशव प्रसाद दंगाल रहनुभएको थियो भने, प्रमुख अतिथिका रूपमा बाग्मती प्रदेशका सामाजिक विकासमन्त्री कुमारी मोक्तान रहनुभएको थियो ।कार्यक्रममा काठमाडौँ महानगरपालिका शैक्षिक विभागका यमनाथ चौलागाईं, काठमाडौँ महानगरपालिका वडा -७ का वडाअध्यक्ष विमल कुमार होडा, मोटिभेस्नल स्पिकर रविन कटुुवाल लगायतका अतिथि रहनुभएको थियो भने, कलेजका विभिन्न तह र तप्काका शिक्षक, शिक्षिका, अभिभावक, कक्षा ११ का नवआगन्तुक विद्यार्थी सहित विभिन्न व्यक्तिहरूको कार्यक्रममा सहभागीता रहेको थियो ।


कार्यक्रमको समुद्घाटन पानसमा दीप बालेर प्रमुख अतिथि तथा अतिथिहरूबाट गरिएको थियो । कार्यक्रममा स्वागत मन्तव्य राख्दै कलेजका प्रवन्ध निर्देशक तारा प्रसाद सुवेदीले नयाँ शैक्षिकसत्रमा प्रवेश गरेकोमा सबै बिद्यार्थीहरूलाई बदाई ज्ञापन गर्नुभयो । उहाँले सेन्ट लरेन्स कलेजमा आफ्नो भविष्य निर्माणार्थ प्रवेश गरेका विद्यार्थीहरूले सहि गन्तव्य रोजेको बताउनुभयो ।

त्यस्तै, कार्यक्रममा विभिन्न तहका विद्यार्थीहरूलाई आफ्नो बिचार राख्ने अवसर प्रदान गरिएको थियो । त्यसमध्ये सिर्जना ज्योतिले, आफुलाई एक वर्ष अगाडि यश कलेज आउँदा अब के गर्ने कसरी अगाडि बढ्ने भन्ने कुरामा लक्ष्य निर्धारण नभएको र अहिले ढृण लक्ष्यका साथ अगाडि बढेको बताउनुभयो ।


कार्यक्रममा शिक्षकहरूको प्रतिनिधितब गर्दै नानिकाजी खड्का आफ्ना भनाईहरू राख्नुभएको थियो । कक्षा ११ मा सेन्ट लरेन्स प्रवेश गरेका विद्यार्थीहरू सिर्जना श्रेष्ठ, गंगा पुरी लगायतले आफ्नो मन्तव्य राख्नुभएको थियो । कार्यक्रमका अतिथि काठमाडौँ महानगरपालिकाका शिओा विभाग प्रमुख यमनाथ चौलागाईंले सेन्ट लरेन्स कलेज पछिल्लो समय उत्कृट विद्यार्थीहरू उत्पादन गर्दै आइरहेको बताउनुभयो । कार्यक्रममा बोल्दै कामपा -७ का वडाअध्यक्ष विमल कुमार होडाले शैक्षिक थलोको सम्मान गर्न र त्यसबाट नयाँ पाठ सिक्न विद्यार्थीहरूलाइ आग्रह गर्नुभयो ।


प्रेरक तथा उत्प्रेरक बक्ताले १ घण्टा लामो करियर काउन्सिलिङ प्रोग्राम अर्थात् जीवनमा आवश्यक पर्नु ज्ञानहरू प्रदान गर्दै विद्यार्थीहरू भोलिको पाइलट, डक्टर तथा विभिन्न तह र तप्कामा पुगेको देख्न पाइने बताउनुभयो । कार्यक्रममा क्याम्पस प्रमुख पुरूषोत्तम महर्जनले विद्यार्थीहरूलाई सपथ ग्रहण गराउनु भएको थियो । कार्यक्रममा तराई पहाड र हिमाल झल्कने विभिन्न नृत्यसहितको सांगीतिक प्रस्तुति रहको थियो । सेन्ट लरेन्स कलेजका प्रधानाध्यापक पुरूषोत्तम महर्जनले, जिन्दगीकोको नयाँ यात्रा तय गर्दै गरेको र यसका लागि सेन्ट लरेन्स कलेजमा आएका विद्यार्थीहरूलाई स्वागत गर्दै उहाँले विद्यार्थीहरूको उज्यालो भविष्य निर्माणार्थ कलेज सदैव प्रतिवद्ध रहेको बताउनुभयो ।

कार्यक्रमको अन्त्य गर्दै सेन्ट लरेन्सका अध्यक्ष केशव प्रसाद दंगालले, विद्यार्थीहरूलाई स्वागत गर्दै सेन्ट लरेन्समा जस्तोसुकै प्रतिभा आए पनि त्यसलाई कलेजले प्राथमिकतामा राखेर अगाडि बढाउने गरेको बताउनुभयो । उहाँले, अरू कलेजको तुलनामा सेन्ट लरेन्स कलेज दाज्नु कुनैपनि कुरामा उपयुक्त नहुने बताउनुभयो । उहाँले उपयुक्त शिक्षा सँगसँगै विद्यार्थीको भविष्य निर्माणार्थ यश कलेजले उपयुक्त वातावरण प्रदान गर्ने बताउनुभयो । कलेजले उत्कृष्ट १० वटा कलेजभित्रका विद्यार्थीहरूको क्लबलाई स्वागत तथा व्याज वितरण गरेको गरेको छ ।

कार्यक्रममा कक्षा ११/१२ तर्फका विद्यार्थीहरूले सांगीतिक नृत्य तथा नाटक प्रस्तुत समेत गरेका थिए । कार्यक्रममा कलेज भित्रका नीति नियम सँगसँगै आगामी साउन २४ गते बुधबारदेखि कक्षा ११ को नयाँ कक्षा शुरूवात हुने कलेजले जनाएको छ । 

प्रदेशस्तरमा समेत उत्कृष्ट शैक्षिक संस्थाका रूपमा स्थापित तथा सम्मानित कलेजले कक्षा ११\१२ तर्फ शिक्षा, मानविकी, व्यवस्थापन, विज्ञान र कानुन विषय अध्यायन अध्यापन गराउँदै आइरहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार