निजी विद्यालयले प्रयोग गरेको विदेशी प्रकाशनका पुस्तक नेपाली मुल्य भन्दा ५ सय प्रतिशतसम्म महँगो

Nagarik Sewa 594+ समाचार ( )
२३ वैशाख २०८१, आइतबार

काठमाडौं l सरकारको अनुमति विना निजी विद्यालयले प्रयोग गरेको विदेशी प्रकाशनका पुस्तक नेपाली मुल्य भन्दा ५ सय ५० प्रतिशतसम्म महँगोमा बिक्री भईरहेको छ । अनुमति नलिएका त्यस्ता अबैध पुस्तक निजी विद्यालयले प्रयोग गर्दा पनि शिक्षा मन्त्रालय र अन्र्तगतका निकायहरु बेखबर छन् ।

पाठ्यक्रमको अनुगमन नियमन र स्विकत गर्ने मन्त्रालय अन्र्तगतको निकाय पाठ्यक्रम विकास केन्द्र हो । तर, उसले कुनै कारबाही नगरेपछि सरकारको उक्त कमजोरीले अभिभावक ठगिएका छन् । अभिभावकलाई परेको मर्काका बारेमा एडुखबरले उजागर गर्ने प्रयास गरेको छ । नेपाली पाठ्यक्रमसंग मेल नखाने कक्षा १ देखि १० सम्मको विदेशी पाठ्यक्रम अनुसार तयार भएका अनिवार्य अंग्रेजी, विज्ञान, गणित लगायत विषयका पुस्तक सरकारबाट अनुमति नलिई आफुखुसी मुल्य राखेर बिक्रि भईरहेको छ ।  

बिना स्वीकृत र अनुमति एस चन्द स्कुल बुक्स, ओरेण्ट ब्याल्कस्वान, अक्सफोर्ड युनिभर्सिटी प्रेस, क्याम्ब्रिज युनिभर्सिटी प्रेस, न्यू सरस्वती हाउस, भी कनेक्ट एजुकेशन लगायतको पुस्तक बजारमा बिक्रि भइरहेको छ । यी पब्लिकेसन्सका कुनै पनि पुस्तक प्रयोग गर्न केन्द्रले अनुमति दिएको छैन । यी प्रकाशकको पुस्तकमा सरकारले तोकेको भन्दा ५ सय ५० प्रतिशसम्म महँगो मुल्य राखिएको छ । क्याम्ब्रिजको सबैभन्दा बढी ५ सय ५१ प्रतिशत, अक्सफोर्डको ३ सय ८२ प्रतिशतसम्म महँगो छ । त्यस्तै वरेन्ट ब्लाक स्वानको ३ सय ८ प्रतिशत, डीजी पब्लिकेसन्सको १ सय २३ प्रतिशतसम्म, एस चन्दको १ सय १९, भी कनेक्टले प्रकाशन गरेको पुस्तकमा ७९ प्रतिशत र न्यू सरस्वती पब्लिकेन्सको ९६ प्रतिशतसम्म महँगो मुल्य रहेको पाइएको छ । अक्सफोर्डको साइन्समा त स्टिकर टाँसेर मुल्य राखिएको छ । क्याम्ब्रिज र अक्सफोर्डको केही पुस्तकमा मुल्य समेत राखिएको छैन । बितरकले जति मुल्य तोक्ने हो त्यही राखेर अभिभावकलाई बिक्री गरिरहेका छन् । 

विद्यालय तहमा पढाई हुने सन्दर्भ सामाग्री पाठ्यक्रम विकास केन्द्रबाट अनुमति लिएको हुनु पर्ने कानुनी प्रावधान छ । शिक्षा नियमावली २०५९ को परिच्छेद ७ को नियम ३५ मा विद्यालयले प्रयोग गर्ने थप पाठ्यसामग्री तथा पाठ्यपुस्तक केन्द्रले स्वीकृत गरेको सूचिमा रहेको हुनुपर्ने प्रावधान छ । त्यस्तै पाठ्यक्रम तथा पाठ्यसामग्री विकास तथा वितरण निर्देशिका २०७९ को दफा २७ उपदफा (१) मा पाठ्यसामग्री व्यवस्थापन तथा मूल्याङकन समितिको सिफारिसको आधारमा विद्यालय तहका पाठ्यसामग्री स्वीकृत गरी सूचिकरण गर्ने व्यवस्था रहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार