काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा सुनको मूल्य मंगलबार एकैदिन ६ हजार ९०० रुपैयाँ बढेर २ लाख रुपैयाँ नजिक पुगेको छ । यो मूल्य अहिलेसम्मकै धेरै हो।

अघिल्लो दिन तोलामा १ लाख ९१ हजार रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य मंगलबार बढेर तोलामा १ लाख ९७ हजार ९०० रुपैयाँ कायम भएको हो ।
आज चाँदीको मूल्य पनि १० रुपैयाँले बढेर प्रतितोला १ हजार ९७० रुपैयाँ कायम छ ।