राप्ती । चितवनको राप्ती नगरपालिकामा विभिन्न पार्टी परित्याग गरी नौं जना नेकपा एकीकृत समाजबादीमा प्रवेश गरेका छन् । नेकपा एस राप्ती वडा नं ४ वडा कमिटीले आयाेजना गरेको कार्यक्रममा नौं जना सो पार्टीमा प्रवेश गरेका हुन ।
वडा कमिटीका अध्यक्ष हरिप्रसाद बर्तौला अध्यक्षतामा भएको कार्यक्रममा सो पार्टीका केन्द्रीय परिषद् सदस्य तथा राप्तीका मेयर शमशेर लामाले उनीहरुलाई पार्टीमा स्वागत गरेका थिए । सन्तोष लोहनी, सचित बर्तौला, अन्जना मोक्तान, शान्ति तितुङ,मनिषा थिङ, राजु दराई, सुरेन्द्र तामाङ(घलान), कृष्णप्रसाद खरेल र कर्णबहादुर रानामगर नेकपा एसमा प्रवेश गरेका हुन।
राप्ती वडा नं २,४,५,६ निवासी उनीहरु एमाले, काँग्रेस, माओवादी र राप्रपा परित्याग गरि नेकपा एसमा प्रवेश गरेका हुन । सो अबसरमा सो पार्टीका नेता तथा मेयर लामाले नेकपा एसमा समाहित हुनुभएको उहाँहरुलाई भूगोल, आवश्यकता र क्षमताको आधारका जिम्मेवारी प्रदान गरिने बताए ।
पार्टी प्रवेश कार्यक्रममा प्रदेश कमिटी सदस्य समिता डल्लाकोटी, नगर इन्चार्ज राजु डल्लाकोटी नगर सचिब सुवास सिलवाल लगायतका नेताहरुकको उपस्थिति रहेको थियो ।