वीर अस्पतालमा एक महिना ब्रेन ट्युमरको शल्यक्रिया निशुल्क

Nagarik Sewa 594+ समाचार ( )
२७ जेठ २०८१, आइतबार

काठमाडौं। विश्व ब्रेन ट्युमर दिवसका अवसरमा वीर अस्पतालमा एक महिना ब्रेन ट्युमरको शल्यक्रिया निशुल्क गरिने भएको छ। नेशनल ब्रेन ट्युमर सेन्टरका संस्थापक अध्यक्ष तथा वीर अस्पतालका न्युरो सर्जन डा. राजीव झाले विज्ञप्तिमार्फत् उक्त घोषणा गर्नुभएको हो। 

विज्ञप्तिमा भनिएकव छ, 'अस्पतालमा ब्रेन ट्यूमरको उपचारका लागि आउनु हुने बिरामीहरू लाई अप्रेशन शुल्कमा शत प्रतिशत छुट दिने व्यवस्था गरिएको छ।' ब्रेन ट्युमर डे हरेक वर्ष जुन ८ का दिन मनाइन्छ। नेपालमा पनि वीर अस्पतालको प्रांगणमा प्रभातफेरीको आयोजना गरेर मनाइएको थियो।  

ब्रेन ट्यूमरबाट प्रभावित भएका व्यक्तिहरू, तिनका परिवार र समाजमा यससँग सम्बन्धित कुराहरूको बारेमा अझ बढी जानकारी दिनका लागि उक्त कार्यक्रम गरिएको डा झाले बताए।'चिकित्सा विज्ञानमा दिनानुदिन खोज, अनुसन्धान र प्रगतिहरू भइरहेका छन्, त्यसको बाबजुद पनि ब्रेन ट्युमरको निदान र उपचार जटिल र प्रायः चुनौतीपूर्ण नै रहन्छ,' डा झाले भने,  'ब्रेन ट्युमर सम्वन्धि अनुसन्धान बढाउन, बिरामीहरूको उपचारमा सुधार गर्न, प्रभावित व्यक्तिहरूलाई साथ र समर्थन गर्नका लागि ति नियम निमार्ण गर्ने तहमा यस सम्बन्धि कुरा उठाउन पनि यस सम्बन्धि जानकारी सबैमा दिनु आवश्यक छ।'

ब्रेन ट्यूमर सम्वन्धि लक्षणहरू, यसका जोखिमहरू समयमा पहिचान गर्ने र समयमै उपचारको पहल गर्ने हो भने रोगबाट पर्ने प्रभाव असर, यसबाट हुनजाने शारीरिक र मानसिक दुर्बलतालाई कम गर्न सकिने उनले बताए।

 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार