काठमाडौं। बिहीबार पनि नेप्से परिसूचक बढेको छ। आज नेप्से ९.१४ अंकले बढेर २७०३.९६ विन्दुमा बन्द भएको छ। आज कारोबार रकम भने केही घटेको छ। अघिल्लो दिनको तुलनामा कारोबार रकममा १० अर्ब रूपैयाँ कमी आएको हो।

आज ३११ वटा धितोपत्रको दुई करोड ४९ लाख ७६ हजार ३६६ कित्ता सेयर किनबेच भएको हो। बिहीबार १२२ कम्पनीको सेयर मूल्य बढेको छ भने १२५ वटाको घटेको छ। यसदिन नेपाल फाइनान्सको मूल्य सर्वाधिक ९.९८ प्रतिशतले बढेको छ।
उक्त कम्पनीको प्रतिकित्ता मूल्य ६९४ रूपैयाँ २० पैसा कायम भएको छ। यस्तै, खानीखोला हाइड्रोपावरको मूल्य ७.१७ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ४६३ रूपैयाँ ७१ पैसा पुगेको छ। सप्तकोशी डेभलपमेन्टको मूल्य सर्वाधिक १० प्रतिशतले घटेर प्रतिकित्ता मूल्य एक हजार एक सय रूपैयाँ २० पैसामा झरेको छ। यसैगरी, गुराँस लघुवित्तको मूल्य ९.९५ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य दुई हजार २६० रूपैयाँ २९ पैसा कायम भएको छ। बिहीबार बुटवल पावरको सर्वाधिक कारोबार भएको छ।कम्पनीको प्रतिकित्ता ७९४ रूपैयाँमा ३१ करोड ६८ लाख रूपैयाँको सेयर कारोबार भएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा २।५१ प्रतिशत घटेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा साहस ऊर्जा रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ६१० रूपैयाँ ५० पैसामा २७ करोड २८ लाख बराबरको सेयर कारोबार भएको छ। आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये पाँच समूहको परिसूचक घटेको छ भने बाँकी आठ समूहको परिसूचक बढेको हो। यसदिन वित्त समूहको परिसूचक सर्वाधिक ४.०९ प्रतिशतले बढेको छ।