मुख्य समाचार
ग्लोबल आइएमई बैंकको ग्लोबल हाटबजारको ५०औँ हप्ता पुरा | समृद्धि शाहले जितिन् वर्ल्ड राइजिङ स्टारको शीर्ष उपाधि | कांग्रेसको संस्थापन समूहद्वारा दुई महामन्त्री र एक सहममन्त्रीलाई पाँच वर्ष अवधिका लागि निष्कासित | नेकपाको केन्द्रीय सदस्य बनिन् युवा नेतृ अञ्जना पोखरेल | पत्रकार महासंघ काठमाडौंको कार्यबाहक अध्यक्षमा कमल राना | गाजामा क्षतिग्रस्त भवन आँधीले भत्काउँदा ५ प्यालेस्टाइनीको मृत्यु | बैंक लुटपाटमा संलग्न ४ जना पक्राउ | कांग्रेसको सभापति पदका लागि गगन थापाको मात्रै उम्मेदवारी दर्ता | तोलामा १५ सयले बढ्यो सुनको मूल्य | मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु |

९.१४ अंकले बढ्यो नेप्से

Nagarik Sewa 3912+ समाचार ( )
१९ आश्विन २०८२, बिहीबार

काठमाडौं। बिहीबार पनि नेप्से परिसूचक बढेको छ। आज नेप्से ९.१४ अंकले बढेर २७०३.९६ विन्दुमा बन्द भएको छ। आज कारोबार रकम भने केही घटेको छ। अघिल्लो दिनको तुलनामा कारोबार रकममा १० अर्ब रूपैयाँ कमी आएको हो।

आज ३११ वटा धितोपत्रको दुई करोड ४९ लाख ७६ हजार ३६६ कित्ता सेयर किनबेच भएको हो। बिहीबार १२२ कम्पनीको सेयर मूल्य बढेको छ भने १२५ वटाको घटेको छ। यसदिन नेपाल फाइनान्सको मूल्य सर्वाधिक ९.९८ प्रतिशतले बढेको छ।

उक्त कम्पनीको प्रतिकित्ता मूल्य ६९४ रूपैयाँ २० पैसा कायम भएको छ। यस्तै, खानीखोला हाइड्रोपावरको मूल्य ७.१७ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ४६३ रूपैयाँ ७१ पैसा पुगेको छ। सप्तकोशी डेभलपमेन्टको मूल्य सर्वाधिक १० प्रतिशतले घटेर प्रतिकित्ता मूल्य एक हजार एक सय रूपैयाँ २० पैसामा झरेको छ। यसैगरी, गुराँस लघुवित्तको मूल्य ९.९५ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य दुई हजार २६० रूपैयाँ २९ पैसा कायम भएको छ। बिहीबार बुटवल पावरको सर्वाधिक कारोबार भएको छ।कम्पनीको प्रतिकित्ता ७९४ रूपैयाँमा ३१ करोड ६८ लाख रूपैयाँको सेयर कारोबार भएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा २।५१ प्रतिशत घटेको हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा साहस ऊर्जा रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ६१० रूपैयाँ ५० पैसामा २७ करोड २८ लाख बराबरको सेयर कारोबार भएको छ। आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये पाँच समूहको परिसूचक घटेको छ भने बाँकी आठ समूहको परिसूचक बढेको हो। यसदिन वित्त समूहको परिसूचक सर्वाधिक ४.०९ प्रतिशतले बढेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार