मुख्य समाचार
प्रतिनिधिसभाको जेठ १ गतेदेखि १५ गतेसम्मको क्यालेन्डर तय | तोलामा २ हजारले घट्यो सुनको मूल्य | प्रतिकूल मौसमका कारण हिमाल आरोहण प्रभावित | सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका वडा नम्बर-७ को कार्यालय तोडफोड | जडीबुटीदेखि पेप्सीकोला चोकसम्मका सडक सीमा क्षेत्रका अनधिकृत संरचना हटाउन महानगरको निर्देशन | युद्धविरामपछि भारतका ३२ वटा विमानस्थल पुनः सुचारु | तनहुँको सरस्वती आधारभुत विद्यालयमा शिक्षकले नै काटिदिन्छन् विद्यार्थीको कपाल | विराट कोहलीद्वारा टेष्ट क्रिकेटबाट सन्यास घोषणा | आगामी वर्ष लुम्बिनीमा अन्तर्राष्ट्रिय स्तरको बुद्ध जयन्ती कार्यक्रम भव्य रूपमा मनाउनेः प्रधानमन्त्री ओली | आज उँभौली पर्व |

सेयर बजारमा एकल अंकको करेक्सन

Nagarik Sewa 1728+ समाचार ( )
१३ मंगशिर २०८१, बिहीबार

काठमाडौं । साताको कारोबार हुने अन्तिम दिन सेयर बजारमा एकल अंकको करेक्सन देखिएको छ । अघिल्ला दुई दिन दोहोरो अंकले बढेको बजार आज ८ अंक भन्दा बढीले घटेको हो ।आजको कारोबार बन्द हुँदा नेप्से परिसूचक ८ दशमलव ३० अंकले घटेर २७४८ दशमलव ०५ विन्दुमा पुगेको छ । आज सेयर बजारमा कारोबार भएका ५० कम्पनीको सेयर मूल्य बढेको छ भने १९४ कम्पनीको सेयर मूल्य भने घटेको छ ।

त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि आज ३ दशमलव ३८ अंकले घटेर ४७७ दशमलव ५० विन्दुमा पुगेको छ । आज १३ परिसूचकमध्ये ३ उपसूचकको सेयर मूल्य मात्रै बढेको छ भने बाँकी १० उपसूचकको सेयर मूल्य घटेको छ ।

परिसूचकसँगै आज कारोबार रकममा पनि सामान्य गिरावट आएको छ । अघिल्लो दिन ९ अर्ब भन्दा माथिको कारोबार भएको बजारमा आज साढे ८ अर्ब भन्दा माथिको कारोबार भएको छ । आज सेयर बजारमा ३०७ कम्पनीका १ करोड ६६ लाख ६३ हजार ३५५ कित्ता सेयर ८३ हजार १२८ पटक खरिद बिक्री हुँदा ८ अर्ब ५४ कारोड ५५ लाख २५ हजार ३७३ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये ३ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै एक कम्पनीको सेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार