मुख्य समाचार
जोखिमपूर्ण हिमताल फुटाउने गृहकार्य भएको छ: ऊर्जामन्त्री श्रेष्ठ | बाढीमा अभिभावक गुमाएका बालबालिकाको जिम्मेवारी कागेश्वरी मनोहराले लिने | जलवायु न्यायका राष्ट्रसंघ मुख्यालयमा लागि मौन प्रदर्शन | रामबहादुर थापा बादल गुप्तवासवाला बैठकमा छन :केपी ओली | सुनको मूल्यमा वृद्धि | सिंहदरबारमै शक्ति केन्द्रित गर्ने शासकीय मनोविज्ञानले संघीयता कमजोर | शिक्षामन्त्री सस्मित पोख्रेलमाथि कुटपिटको प्रयास | यो सरकार अहंकारी भयो: प्रचण्ड | परिवर्तनकारी शक्तिहरूबीच एकताको विकल्प छैन :माधव नेपाल | भोटेकोशी बाढीको प्रभावबारे पत्रकारसँग सिजप र प्लान इन्टरनेशनलद्वारा घनीभुत छलफल |

नेपाली क्रिकेट टोलीले भारतमा अभ्यास गर्ने

Nagarik Sewa 4834+ समाचार ( )
२९ श्रावण २०८३, शुक्रबार

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले मलेसियामा हुने एसीसी प्रिमियर कप तयारी भारतमा गर्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार नेपाली टोलीलाई बिदाइ गर्दै भारतमा तयारी गर्ने जानकारी दिएको हो ।  क्यानका सचिव पारस खड्काले प्रिमियर लिगको तयारी भारतमा गर्ने र उतैबाट मलेसिया जाने बताए । क्यान क्रिकेट निर्देशक विनोद दासले नेपाली टोली आजै बेङ्लुरु जाने  र त्यहाँ १० दिनको क्याम्पमा रहने बताए । भारतमा नेपालले दुई अभ्यास खेल पनि खेल्नेछ । 

नेपालले मलेसियामा पनि पाँच दिनको क्याम्प राख्नेछ । दासले मलेसियामा दुई अभ्यास खेलको लागि प्रयास गरिरहेको जानकारी दिए । एसीसी प्रिमियर कप अगस्ट २९ देखि मलेसियामा सुरु हुँदै छ । प्रतियोगितामा १० टोलीले प्रतिस्पर्धा गर्नेछन् । समूह ‘ए’को नेपालले पहिलो खेलमा बहराइनको सामना गर्नेछ । यो खेल अगस्ट ३१ मा हुनेछ । समूह ‘ए’मा यी दुईसँगै, हङकङ, आयोजक मलेसिया र साउदी अरेबिया छन् । समूह ‘बी’मा यूएई, ओमान, कुवेत, कतार र सिंगापुर छन् ।

नेपालले सेप्टेम्बर ३ मा मलेसिया, सेप्टेम्बर ६ मा साउदी अरेबिया र सेप्टेम्बर ८ मा हङकङसँग प्रतिस्पर्धा गर्नेछ । दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । प्रतियोगिताको विजेताले आगामी वर्ष हुने एसिया कपमा स्थान बनाउनेछ ।

प्रतियोगिताका लागि सन्दीप लामिछानेको कप्तानीमा १४ सदस्यीय टोली घोषणा भईसकेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै