दीपकदीपाको 'छक्कापञ्जा ५' को फर्स्टलुक पोस्टर सार्वजनिक

Nagarik Sewa 594+ समाचार ( )
१७ जेठ २०८१, बिहीबार

काठमाडौं। बिहीबार दीपकराज गिरी र दीपाश्री निरौलाको फिल्म 'छक्कापञ्जा ५' को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ। आज देखि छायांकनमा जान लागेको फिल्मको पोस्टर सार्वजनिक गर्दै शीर्ष कलाकार र प्रदर्शन मितिबारे जानकारी दिइएको हो।  

पोस्टरमा दीपकराज र केदार घिमिरे 'माग्ने बुढा' सहित अभिनेत्री वर्षा शिवाकोटी प्रस्तुत छिन्। वर्षा फिल्ममा शीर्ष अभिनेत्रीका रूपमा अनुबन्धित भएको कुरा यही पोस्टरमार्फत जानकारी दिइएको हो। यो फिल्म दसैंको अवसर पारेर असोज २४ गते फूलपातिमा रिलिज हुनेछ। अन्य कलाकारबारे केही खुलाइएको छैन।

आमा सरस्वती मुभिज र आइएमआईको प्रस्तुतिमा बन्न लागेको फिल्मलाई दीपाश्री निरौलाले निर्देशन गर्नेछिन्। उनले यसअघि ‘छक्का पञ्जा’ का तीनवटा शृंखलालाई निर्देशन गरेकी थिइन्। चौथो शृंखलालाई भने हेमराज बिसीले निर्देशन गरेका थिए। 'छक्का पञ्जा' का सबै शृंखलाले बक्स अफिसमा सुपरहिट व्यापार गरेका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार