सत्तापक्षीय दलको भूमिसम्बन्धी अध्यादेश विधेयकका रूपमा अघि बढाउने निर्णय

Nagarik Sewa 4158+ समाचार ( )
१२ चैत्र २०८१, बुधवार

काठमाडौं। बालुवाटारमा भएको सत्तापक्षीय दलको बैठकमा भूमिसम्बन्धी अध्यादेश विधेयकका रूपमा अघि बढाउने निर्णय भएको छ। बालुवाटारमा भएको सत्तापक्षीय दलको बैठकमा भूमिसम्बन्धी अध्यादेश विधेयकका रूपमा अघि बढाउने निर्णय गरेको नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिनुभयो। 

यसअघि सरकारले भूमिसहित ६ वटा अध्यादेश ल्याएकोमा पाँच अध्यादेश प्रतिस्थापन विधेयकका रूपमा संसद्ले स्वीकृत गरेर छलफलका क्रममा छन् । तर भूमिसम्बन्धी अध्यादेशमा जसपा नेपालले फिर्ता लिनुपर्ने माग सारेपछि अघि बढेको थिएन ।

भूमि सम्बन्धी अध्यादेश आगामी चैत १८ गतेदेखि निष्क्रिय हुँदैछ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेसका सभापति शेरबहादुर देउवा, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव लगायतका सत्तारुढ दलका नेताहरूको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार