गोठाटारमा ४० वर्ष माथिका व्यक्तिहरुलाई निशुल्क आँखा जाँच तथा चस्मा वितरण कार्यक्रम सम्पन्न

Nagarik Sewa 594+ समाचार ( )
१९ जेठ २०८१, शनिबार

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका वडा नं ९ मा ४० वर्ष माथिका व्यक्तिहरुलाई निशुल्क आँखा जाँच तथा चस्मा वितरण कार्यक्रम सम्पन्न भएको छ ।

प्रगति टोल विकास समिति र किवनिज क्लब अफ काठमाडौँ सनसाइनको संयुक्त आयोजनामा एवं ख्वप तिलगंगा आँखा अस्पतालको प्राविधिक सहयोगमा निशुल्क आँखा जाँच सम्पन्न भएको हो ।

कार्यक्रममा ४० वर्ष भन्दा माथिका व्यक्तिहरुलाई आँखा जाँच, औषधी तथा चस्मा वितरण भब्यताका साथ सम्पन्न भएको निवर्तमान अध्यक्षय राजेन्द्र तिमल्सेनाले जानकारी दिनुभयो । साथै शिविरबाट दर्जनौँ व्यक्तिहरु लाभान्वित भएको उहाँको भनाई छ ।