स्रष्टा खेमनाथ दाहालको उपन्यास कृति ‘अहोरात्र’ लोकार्पण

Nagarik Sewa 594+ समाचार ( )
२३ वैशाख २०८१, आइतबार

काठमाडौं ।  स्रष्टा खेमनाथ दाहालको उपन्यास कृति ‘अहोरात्र’ लोकार्पण गरिएको छ । काठमाडौंमा शनिबार एक विशेष समारोहबीच मिलाप पब्लिकेशनको आयोजनामा दाहालको पछिल्लो कृति अहोरात्र’ लोकार्पण गरिएको हो ।

समारोहका प्रमुख अतिथि लेखक, इतिहासकार एवं पूर्वराजदूत निरन्जनमान सिंह बस्न्यात, विशिष्ट अतिथि साहित्यकार प्राडा खेम कोइराला बन्धु, वरिष्ठ पत्रकार एवं साहित्यकार प्रा.पुरुषोत्तम दाहाल, साहित्यिक पत्रकार संघका अध्यक्ष एवं अनेसासका पूर्वअध्यक्ष राधेश्याम लेकाली, साहित्यकार एवं स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदन, अहोरात्रका लेखक स्रष्टा खेमनाथ दाहाल, स्रष्टा दाहालकी धर्मपत्नी उषा दाहाल, कृतिका सम्पादक रमेश दाहाल, मिलापका प्रधान सम्पादक कृष्ण भुसाललगायतले कृतिको लोकार्पण गर्नुभएको थियो ।

लेखकीय मन्तव्य राख्दै स्रष्टा दाहालले आफ्नो अमेरिकी बसाई विभिन्न परिवेस, अनुभूति र अनुभवलाई यस कृतिमार्फत पाठकमाझ पस्किएको बताउनुभयो । ‘अमेरिकाको एक कुनामा बसेर सामान्य छलफलको सिलसिलामा मेरो मनमस्तिष्कमा विजारोपण भएको सानो झिल्को पुञ्ज बनेर प्रकट भएको तानाको एक अंश अहोरात्र हो’, स्रष्टा दाहालले भन्नुभयो । यसैगरी प्रमुख अतिथि लेखक, इतिहासकार, पूर्वराजदूत निरञ्जनमानसिंह बस्न्यातले आफू पनि देश बाहिरका विभिन्न स्थानमा रहेदा गरेका अनुभूति यस कृति पढ्दा ताजा भएको स्मरण गर्नुभयो । उहाँले यस कृतिमार्फत स्रष्टा दाहालले हाम्रो धर्म संस्कृतिका साथै देश बाहिरको जनजीवन कलात्मक ढंगले प्रस्तुत गरेको चर्चा गर्नुभयो ।

कार्यक्रममा साहित्यकार हरिभक्त सिग्देल, साहित्यकार एवं पत्रकार विनोद दाहाल, राजेश खनाल, कलाकार संघका अध्यक्ष मोहन निरौला, गीतकार संघका अध्यक्ष वसन्त वित्यासी थापा, वरिष्ठ कलाकार उत्तम केसी, साहित्यकार इञ्जिनियर लेखनाथ पोख्रेल, साहित्यकार गणेश सुवेदी, रम्भा गजुरेल, निरञ्जन वस्न्यात, कृष्ण बाउसे, जीवन पोख्रेललगायतका विशिष्ट व्यक्तित्वहरू एवं सञ्चारकर्मीको बाक्लो उपस्थिति रहेको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार