काठमाडौं। नेपाल बैंक लिमिटेड र एभरेष्ट हस्पिटल प्रा.लि. बीच स्वास्थ्य उपचार सेवामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ। सम्झौताअनुसार नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहक, बैंकमा कार्यरत कर्मचारी तथा कर्मचारीका परिवारले काठमाडौंको नयाँ बानेश्वरस्थित एभरेष्ट हस्पिटलमा उपचार गराउँदा विभिन्न स्वास्थ्य सेवामा लाग्ने शुल्कमा बिल रकमको ५ देखि २० प्रतिशतसम्म छुट पाउने व्यवस्था गरिएको छ।
सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख वित्त अधिकृत दीपेन्द्र राज काफ्ले र अस्पतालका तर्फबाट सञ्चालक समितिका सदस्य सैलेन्द्र महासेठले हस्ताक्षर गरेका छन्। सम्झौतापछि बैंकका कर्मचारी, उनका परिवार तथा ग्राहकहरूले सहुलियतपूर्ण स्वास्थ्य सेवा उपभोग गर्न सक्ने विश्वास गरिएको छ।