विद्यालय ब्यवस्थापन समितिमा मेयर हरिप्रसाद न्यौपानेले लगाए अंकुश

Nagarik Sewa 1+ समाचार ( )
२१ असार २०८०, बिहीबार

नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व) देवचुली नगरपालिका १६ स्थित देवचुली माविमा आफू अनुकुलको अध्यक्ष बनाउनका लागि देवचुली नगरपालिकाका मेयर हरिप्रसाद न्यौपानेले ब्यवस्थापन समिति गठन प्रक्रियामा अंकुश लगाएका छन् । 

अघिल्लो कार्यकालको ब्यवस्थापन समितिको समय गत मंसिर ५ गते सकिएको थियो । मंसिरमा समितिको समय सकिएपछि पुस ३० गतेको अभिभावक भेलाबाट पुरानो समिति विघटन गरिएको थियो । त्यसपछि राजनीतिक दलहरुको हस्तक्षेपका कारण नयाँ ब्यवस्थान समिति गठन प्रक्रिया अल्झिएको हो । समितिमा दाबी गरेका १६ जना अभिभावक मध्ये नगर शिक्षा अधिकृत रामप्रसाद शर्माको उपस्थितिमा भेलाले चार सदस्य चयन गरेको थियो । 

तर नगरपालिका प्रमुख न्यौपाने आफ्नो पार्टीकातर्फबाट गैरअभिभावक टोपराज कोइरालालाई अध्यक्ष बनाउन दबाब दिँदै ब्यवस्थापन समिति गठन प्रक्रियामै अंकुश लगाएका हुन् । नौ महिनासम्म पनि ब्यवस्थापन समितिले पूर्णता पाउन नसक्दा शिक्षक कर्मचारीलाई तलब खुवाउन समेत समस्या भएको विद्यालयका प्रधानाध्यापक नारायण भण्डारीले बताए । 

फागुन २ गतेको दोस्रो पटकको अभिभावक भेलाबाट समिति सदस्यमा बस्न इच्छुक १६ जना सदस्य मध्ये खुला तर्फ रामचन्द्र ठकुरी, महिला सदस्यतर्फ दुर्गा सुवेदी र संगिता तिमिल्सिनालाई चयन गरिएको थियो । चौथो सदस्यमा सहमति जुट्न नसकेपछि बहुमतीय प्रणालीअनुसार राजेन्द्र खत्रीलाई सदस्य चयन गरिएको विद्यालयका अभिभावक दुर्गा सुवेदीले बताइन् । 


नगर शिक्षा अधिकृतकै रोहबरमा बसेको चार सदस्यको बैठकले गिरीधर सापकोटा र सुमित्रा घोरासैनीलाई सदस्य मनोनित गरिएको थियो । दलीय सहमतिअनुसार नै चयन भएको समितिलाई रोक्ने मेयर न्यौपानेले दबाब दिएपछि नगर शिक्षा अधिकृत शर्मा मुकदर्शक बनेका छन् ।

पछिल्लो समय मेयर न्यौपानेकै दबाबमा शर्माले अभिभावक भेलाले गरेको निर्णय कुल्चिएर मेयर निकटका एमालेका सदस्यहरुलाई समितिमा नियुक्त गर्दै पत्राचार गरेका छन् । नगरको पत्रपछि विद्यालयमा झनै विवाद चुलिएको छ । नगरपालिकाले गरेको यस्तो कार्य कानून सम्मत नभएको भन्दै अभिभावकहरुले आपत्ती जनाएका छन् । 

विद्यालय क्षेत्रमा भएको राजनीतिक हस्तक्षेपको नेपाल राष्ट्रिय अभिभावक संघले पनि विरोध जनाएको छ । आफूहरुले कानून सम्मत अघि बढ्न नगर तथा विद्यालय प्रशासनलाई सुझाव दिएको  नेपाल राष्ट्रिय अभिभावक संघका नवलपुर अध्यक्ष युवराज वाग्लेले बताए ।

प्रतिक्रिया

मोतीराम २२ असार २०८०, शुक्रबार

दक्ष खबरको सेटिङमा मितिको सेटिक बिग्रेकाले सच्याउन अनुरोध गर्दछु धन्यवाद । असार 22 हुनुपर्ने आज आश्विन 22 आएको हो कि ?

मोतीराम पाण्डे २२ असार २०८०, शुक्रबार

लेख समाचार सहि हो तर यस्मा लेखिएको प्रकाशित मिति सच्याउनु पर्ने हो कि कि यो आश्विन महिना त होइन कि ?

मोतीराम पाण्डे २२ असार २०८०, शुक्रबार

लेख समाचार सहि हो तर यस्मा लेखिएको प्रकाशित मिति सच्याउनु पर्ने हो कि कि यो आश्विन महिना त होइन कि ?

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार