१५औँ राष्ट्रिय नाटक महोत्सव जारी, विभिन्न २८ वटा नाटकको प्रस्तुती 

Nagarik Sewa 1+ समाचार ( )
६ फाल्गुन २०८०, आइतबार

 काठमाडौँ । १५औँ राष्ट्रिय बाल नाटक महोत्सव जारी रहेको छ ।  शैली थिएटर, रुसी सदनको आयोजनामा संस्थागत विद्यालय संघ नेपाल (इसान)को सहकार्यमा महोत्सव गत फागुन २ गतेबाट शुरूवात भएको हो ।   

नाटक महोत्सवमा विभिन्न क्षेत्रका नाटकहरू मञ्चन भईरहेका छन् । विभिन्न विद्यालयका विद्यार्थीहरूद्वारा प्रस्तुत नाटक महोत्सवको शुभारम्भ बालबालिकाद्वयले दीप प्रज्वलन गरेर शुरूवात गरेका छन् । 


त्यस्तै, नाटक महोत्सवमा लेखक तथा साहित्यकार महेश पौडेलद्वारा लिखित आमा नहुदाँ एक साँझ पुस्तक लोकार्पण समेत गरिएको थियो । 

१५औँ राष्ट्रिय बाल नाटक महोत्सवमा एभरेष्ट स्कुलका प्रधानाध्यापक भक्त राजभण्डारीलाई "बाल साहित्य रत्न सन्तदास स्मृति सम्मान"ले सम्मान गरिएको थियो ।

त्यस्तै, उद्घाटन सत्रमा आयोजक (शैली थिएटर र ओजस थिएटर) बाट दुई प्रतिस्पर्धी नाटक र एक गैर-प्रतिस्पर्धी नाटक कर्तब्य मञ्चन गरिएको थियो । उक्त महोत्सव फागुन ९ गतेसम्म चल्नेछ । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार