प्रधानमन्त्री ओलीले भोलिको संसद् बैठकमा सम्बोधन गर्ने

Nagarik Sewa 4431+ समाचार ( )
११ वैशाख २०८२, बिहीबार

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि (शुक्रबार) को संसद् बैठकमा सम्बोधन गर्ने हुनुभएको छ। भोलिबाट बजेट अधिवेशन सुरु हुँदैछ ।

उक्त अधिवेशनको पहिलो दिन नै प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भएको नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो।

‘भोलिको बैठकको सुरुमै प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यतालिका तय भएको छ,’ बर्तौलाले भने, ‘उहाँले पछिल्लो समसामयिक विषयबारे आफ्ना धारणा राख्नुहुनेछ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार