११ चैत्र २०८०, आइतबार

काठमाडौं । फागु पूर्णिमा (होली) पर्व आइतबार काठमाडौं उपत्यकासहित पहाडी जिल्लामा रङ खेलेर मनाइएको छ । साथी र आफन्तबीच आपसमा रङ दलेर खुशियाली साटासाट गर्ने पर्व फागु पूर्णिमाको दिन सरकारले सार्वजनिक बिदा पनि दिन्छ ।