७१ जिल्लामा फैलियो डेंगु

Nagarik Sewa 1339+ समाचार ( )
२९ जेठ २०८१, मङ्गलबार

काठमाडौं। इपिडडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार देशका ७७ मध्ये ७१ जिल्लामा डेंगु सङ्क्रमण फैलिएको छ ।

ईडीसीडीको पछिल्लो तथ्यांकअनुसार सन् २०२४ को जनवरी महिनादेखि जुन ९ गतेसम्म १ हजार १ सय ३० जनामा डेंगु पुष्टि भएको छ । मनसुन सुरु भएसँगै डेंगु सङ्क्रमण बढ्ने महाशाखाको भनाइ छ । मनसुनमा ‘एडिस एजिप्टाइ’ नामक लामखुट्टेको प्रजनन अनुकूल वातावरण हुने भएकाले डेंगु फैलिने ईडीसीडीले जनाएको छ । नेपालमा बाह्रैमास डेंगु सङ्क्रमण देखिएको सरकारी तथ्याङ्क छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार