गायक रवि ओड र शान्ति श्री परियारको स्वरमा 'ढिँडो मलाई देउ' गीत सार्वजनिक

Nagarik Sewa 1+ समाचार ( )
५ असार २०८०, मङ्गलबार

काठमाडौँ । गायक रवि ओड र शान्ति श्री परियारको स्वरमा ुढिँडो मलाई देउु गीत सार्वजनिक भएको छ । मंगलबार एक कार्यक्रमको बिच कलाकारहरूको उपस्थितिमा गीत सार्वजनिक गरिएको हो । भिडियोमा मुख्य कलाकारमा तलिशा गुरुङ, रवि ओड, प्रिन्स विश्वकर्मा र खुश्बु खड्का रहेका छन् ।

प्रमोद कुमार भण्डारीको निर्देशनमा तयार पारिएको गीतमा प्रकाश सापकोटाको शव्द रहेको छ भने, संगित सन्तोष श्रेष्ठको रहेको छ । 

जसमा संगित संयोजन कमल सौरजले गर्नु भएको छ भने, इडिटिङ मीन रावलले गर्नु भएको छ । गीतको छायांकन चितवनमा गरिएको थियो भने जसमा दृष्य संयोजक गोपाल रायले गर्नुभएको हो । 

कार्यक्रममा गित बारे संक्षिप्त प्रतिक्रिया राख्दै गीतका लेखक प्रकाश सापकोटाले, ुगीत संगितलाई समय सापेक्षित रूपमा परिवर्तन गर्दै अगाडि बढ्ने बताउनुभयो ।ु उहाँले एउटा गीतलाई कस्तो स्वरूप दिने भन्ने कुरा लेखकको हातमा रहेको र त्यसको अनुयायीका रूपमा ुढिँडो मलाई देउु  सार्वजनिक गरिएको बताउनुभयो । 

त्यस्तै हामीले अहिले खानाहरूमा भातको भन्दा ढिँडोको माग पढेको पाइरहेको छौँ । हामी अहिले खानामा भात भन्दा ढिँडो रूचाउने भएकोले पनि समयसापेक्ष रूपमा गीत सार्वजनिक गरिएको सापकोटाले बताउनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार