मुख्य समाचार
मिडिया काउन्सिल विधेयक अघि बढाउँदै संसदीय समिति | रास्वपा प्रदेशसभा खारेज गर्ने पक्षमा छ :सांसद मनिष झा | नयाँ शक्तिले ५ महिने प्रशंसा अभियान चलाउने | विद्या भण्डारीको सदस्यता नवीकरण नै भएको छैन: केपी ओली | नेपालका युवाको ऐतिहासिक सफलता: इन्टरनेसनल म्याथेम्याटिकल ओलम्पियाडमा पहिलोपटक कास्य पदक | नेपाल र दक्षिण कोरियाबिच ८० लाख अमेरिकी डलर बराबरको अनुदान सम्झौता | नेकपा एस र नेकपा एकता राष्ट्रिय अभियानबिच एकता | आफताब आलमलाई ज्यान मुद्दाबाट सफाइ दिने फैसला विरुद्ध सरकार सर्वोच्च अदालतमा | तोलामा २ सयले बढ्यो सुनको मूल्य | मोटरसाइकलको ठक्करबाट १ महिलाको मृत्यु |

रास्वपाले संसद्‍मा विरोध जारी राख्ने

Nagarik Sewa 2364+ समाचार ( )
२ आश्विन २०८२, सोमबार

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफूहरूको माग सम्बोधन नभएको भन्दै संसद्‍मा विरोध जारी राख्ने बताएको छ। रास्पाले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग्दै आएको छ । यो प्रकरणमा संसदीय छानबिन समिति गठन हुनुपर्ने रास्वपाको अडान छ । यी माग पूरा नभएसम्म संसद्‍मा विरोध जारी राख्ने रास्वपाका नेताहरू बताउँछन् ।

विरोधलाई अगाडि बढाउने सम्बन्धमा रास्वपा आन्तरिक छलफलमा छ । यस निम्ति रास्वपाका सांसदहरू नयाँ वानेश्वरस्थित संसदीय दलको कार्यालयमा छलफलमा जुट्दैछन् । भिजिट भिसामा विदेश जानेसँग अपारदर्शी रुपमा आर्थिक लेनदेन हुने गरेको विषय अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानमा छ । अख्तियारले यो विषय उजागर गरेपछि संसद्‍मा विपक्षी दलहरूले प्रवेश गराएका थिए ।

माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी सत्तापक्षसँग सहमति गरेर संसद्को कामकारबाहीमा सहभागी भएको छ । तर, रास्वपाले गृहमन्त्रीको राजीनामा र संसदीय छानबिनको माग छाडेको छैन । आइतबार रास्वपाका सांसदहरूले सवा ३ घण्टासम्म संसद्‍मा नाराबाजी गरेका थिए । आज सोमबार पनि प्रतिनिधि सभाको बैठक बिहान ११ बजे बस्दैछ । त्यसअगाडि संघर्षको नीतिबारे रास्वपाले आन्तरिक छलफल गर्न लागेको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार