मुख्य समाचार
ग्लोबल आइएमई बैंकको ग्लोबल हाटबजारको ५०औँ हप्ता पुरा | समृद्धि शाहले जितिन् वर्ल्ड राइजिङ स्टारको शीर्ष उपाधि | कांग्रेसको संस्थापन समूहद्वारा दुई महामन्त्री र एक सहममन्त्रीलाई पाँच वर्ष अवधिका लागि निष्कासित | नेकपाको केन्द्रीय सदस्य बनिन् युवा नेतृ अञ्जना पोखरेल | पत्रकार महासंघ काठमाडौंको कार्यबाहक अध्यक्षमा कमल राना | गाजामा क्षतिग्रस्त भवन आँधीले भत्काउँदा ५ प्यालेस्टाइनीको मृत्यु | बैंक लुटपाटमा संलग्न ४ जना पक्राउ | कांग्रेसको सभापति पदका लागि गगन थापाको मात्रै उम्मेदवारी दर्ता | तोलामा १५ सयले बढ्यो सुनको मूल्य | मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु |

रास्वपाले संसद्‍मा विरोध जारी राख्ने

Nagarik Sewa 3912+ समाचार ( )
२ आश्विन २०८२, सोमबार

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफूहरूको माग सम्बोधन नभएको भन्दै संसद्‍मा विरोध जारी राख्ने बताएको छ। रास्पाले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग्दै आएको छ । यो प्रकरणमा संसदीय छानबिन समिति गठन हुनुपर्ने रास्वपाको अडान छ । यी माग पूरा नभएसम्म संसद्‍मा विरोध जारी राख्ने रास्वपाका नेताहरू बताउँछन् ।

विरोधलाई अगाडि बढाउने सम्बन्धमा रास्वपा आन्तरिक छलफलमा छ । यस निम्ति रास्वपाका सांसदहरू नयाँ वानेश्वरस्थित संसदीय दलको कार्यालयमा छलफलमा जुट्दैछन् । भिजिट भिसामा विदेश जानेसँग अपारदर्शी रुपमा आर्थिक लेनदेन हुने गरेको विषय अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानमा छ । अख्तियारले यो विषय उजागर गरेपछि संसद्‍मा विपक्षी दलहरूले प्रवेश गराएका थिए ।

माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी सत्तापक्षसँग सहमति गरेर संसद्को कामकारबाहीमा सहभागी भएको छ । तर, रास्वपाले गृहमन्त्रीको राजीनामा र संसदीय छानबिनको माग छाडेको छैन । आइतबार रास्वपाका सांसदहरूले सवा ३ घण्टासम्म संसद्‍मा नाराबाजी गरेका थिए । आज सोमबार पनि प्रतिनिधि सभाको बैठक बिहान ११ बजे बस्दैछ । त्यसअगाडि संघर्षको नीतिबारे रास्वपाले आन्तरिक छलफल गर्न लागेको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै