भारत पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधन

Nagarik Sewa 2094+ समाचार ( )
१२ पौष २०८१, शुक्रबार

नयाँ दिल्ली। बिहीबार राति ९२ वर्षको उमेरमा भारत पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधन भएको छ। सिंहको ९२ वर्षको उमेरमा बिहीबार राती ९ बजेर ५१ मिनेटमा दिल्लीको एम्स अस्पतालमा उपचारका क्रममा निधन भएको हो।

दुई कार्यकाल भारतको प्रधानमन्त्री बनेका डा सिंहको उमेरसँग सम्बन्धित स्वास्थ्य समस्याको उपचारका क्रममा निधन भएको अस्पतालले जनाएको छ। अस्पतालले जारी गरेको बुलेटिन अनुसार बिहीबार घरमा अचानक बेहोस भएका सिंहलाई बेलुका ८ बजेर ६ मिनेट जाँदा अस्पतालको आकस्मिक कक्षमा लगिएको थियो।

सिंहको निधनमा भारत सरकारले १ सातसम्म राष्ट्रिय शोक मनाउने घोषणा गरेको छ। शनिबार उहाँको अन्त्येष्टि गरिने भएको छ । भारत सरकारले पूर्वप्रधानमन्त्री सिंहको अन्त्येष्टि राजकीय सम्मानका साथ गर्ने निर्णय गरेको छ । शुक्रबार सबै सरकारी समारोह रद्द गरिएको बताइएको छ । 







प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै