मुख्य समाचार
जोखिमपूर्ण हिमताल फुटाउने गृहकार्य भएको छ: ऊर्जामन्त्री श्रेष्ठ | बाढीमा अभिभावक गुमाएका बालबालिकाको जिम्मेवारी कागेश्वरी मनोहराले लिने | जलवायु न्यायका राष्ट्रसंघ मुख्यालयमा लागि मौन प्रदर्शन | रामबहादुर थापा बादल गुप्तवासवाला बैठकमा छन :केपी ओली | सुनको मूल्यमा वृद्धि | सिंहदरबारमै शक्ति केन्द्रित गर्ने शासकीय मनोविज्ञानले संघीयता कमजोर | शिक्षामन्त्री सस्मित पोख्रेलमाथि कुटपिटको प्रयास | यो सरकार अहंकारी भयो: प्रचण्ड | परिवर्तनकारी शक्तिहरूबीच एकताको विकल्प छैन :माधव नेपाल | भोटेकोशी बाढीको प्रभावबारे पत्रकारसँग सिजप र प्लान इन्टरनेशनलद्वारा घनीभुत छलफल |

प्रधानमन्त्री कार्की र प्रमुख तीन दलका शीर्ष नेताबिच शनिबार छलफल हुने

Nagarik Sewa 4834+ समाचार ( )
११ पौष २०८२, शुक्रबार

काठमाडौं। प्रधानमन्त्री सुशिला कार्की र प्रमुख तीन दलका शीर्ष नेताबिच शनिबार निर्वाचनबारे छलफल हुने भएको छ । यसअघि राष्ट्रपति रामचन्द्र पौडेलको अगुवाइमा प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको भेटवार्ता शीतलनिवासमा भएको थियो । त्यसैको निरन्तरतास्वरुप शनिबार प्रधानमन्त्री कार्कीले शनिबार तीन दलका शीर्ष नेतासँग छलफल गर्न लाग्नुभएको हो।

शुक्रबार सरकारका प्रवक्ता समेत रहनुभएका सञ्चारमन्त्री जगदिश खरेलले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर निर्वाचनको वातावरण बनाउन आग्रह गर्नुभएको छ। उहाँले ओली र प्रचण्डलाई पनि भेट्दैहुनुहुन्छ। साथै मन्त्री खरेलले शनिबार ४ बजे तीन दलका शीर्षनेतासँग प्रधानमन्त्रीले भेटवार्ता र छलफल गर्ने कार्यक्रम राखेको जानकारी गराएको मन्त्री खरेलको सचिवालयले जनाएको छ ।

सरकारले फागुन २१ मा निर्वाचन गर्ने तयारी गरेपनि दलहरूले शान्ति सुरक्षा लगायतमा प्रश्न उठाउँदै आएका छन्। खासगरी नेकपा एमालेले यसबारे प्रश्न उठाइरहेका बेला सरकारका मन्त्रीहरू नेता र पार्टी कार्यालय पुगेर निर्वाचनको वातावरण बनाउने प्रयत्नमा लागेका हुन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै