अहिले एमालेसँग एकताको सम्भावना छैन: अध्यक्ष नेपाल

Nagarik Sewa 594+ समाचार ( )
२६ जेठ २०८१, शनिबार

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले तत्काल एमालेसँग एकताको सम्भावना नरहेको बताउनुभएको छ ।

शनिबार पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा नेकपा (एकीकृत समाजवादी) कोशी कमिटीद्वारा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताउनुभएको हो ।

अध्यक्ष नेपालले विगतको कुरा छोडेर कुनै समीक्षा नगर्दा पनि एमालेसँग तत्काल एकताको सम्भावना नरहेको बताउनुभयो । उहाँले एमालेसँग एकताका लागि एमालेले पनि चाहना देखाउन आवश्यक रहेको बताउनुभयो । उहाँले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आफ्नो पार्टीप्रति सकारात्मक हुन आग्रह गर्नुभयो । उहाँले आफ्नो पार्टीप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल सकारात्मक रहेको बताउनुभयो । उहाँले समाजवादी मोर्चाको पुनःगठन गरेर अघि बढ्ने सोच आफूहरुको रहेको र सोहीअनुसार अघि बढिरहेको बताउनुभयो ।

अध्यक्ष नेपालले राष्ट्रका आवश्यकताको पहिचान गरेर अघि बढ्न जरुरी रहेको बताउनुभयो । उहाँले कुन कुरामा पहिलो प्राथमिकता दिनुपर्ने हो, त्यो छुट्याउन जरुरी रहेको बताउनुभयो । देश विकास हुने मार्गहरुको पहिभान गरी अघि बढ्न आवश्यक रहेको बताउनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार