मुख्य समाचार
एमालेको ११औँ महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीस्थित खुल्लाचौरमा हुँदै | आज साफ महिला क्लब च्याम्पियनसिपमा दुई खेल हुँदै | गभर्नर विश्व पौडेलको घरमा आगजनी गर्ने समूहको खोजी जारी | रूस-युक्रेन युद्ध रोक्न जेलेन्स्कीसँग दुई घन्टा फोनमा कुराकानी | ६ महिने छोराको घाँटी रेटेर हत्या गरेको आरोपमा असई पक्राउ | थाइल्यान्डले सुरु गर्यो कम्बोडियामाथि हवाई आक्रमण | सुनको मूल्यमा सामान्य वृद्धि | पोखरा विमानस्थलको भ्रष्टाचार मुद्दामा पनि जोडिए नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी | ग्लोबल आइएमई बैंकको मोबाईल बैंकिङ्ग प्रयोगकर्तालाई आइफोन १७ जित्ने मौका | १४ वर्ष उमेर पूरा भएका विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन पाउने |

आज सुनको मूल्यमा भारी गिरावट

Nagarik Sewa 3628+ समाचार ( )
२२ कार्तिक २०८१, बिहीबार

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुन–चाँदीको मूल्य घटेको छ।  बुधबार प्रतितोला तीन सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला चार हजार रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६४ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ।

बुधबार छापावाल सुन प्रतितोला एक लाख ६८ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो।   ट्रम्पको विजयसँगै सुनको मूल्य घटेको विश्लेषण गरिएको छ। उनको जीतले अमेरिकामा मूल्य वृद्धि थप बढ्न सक्ने र यसले बण्ड र डलरको भाउ बढ्न सक्ने विश्लेषण गरिएको हो।

जसले गर्दा लगानीको लागि सुन कम आकर्षित हुन सकिने मानिएको छ। ट्रम्पको जीतसँगै सुनको फ्युचर मूल्य (भविष्यको मूल्य अनुमानका आधारमा गरिने कारोबारमा मूल्य) तीन प्रतिशतले घटेको अन्तर्राष्ट्रिय सञ्चार माध्महरूले उल्लेख गरेका छन्।

त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि घटेको छ। बुधबार प्रतितोला दुई हजार १५ रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार प्रतितोला एक हजार नौ सय ६० रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ५५ रूपैयाँ घटेको हो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २६ सय ५९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार