मुख्य समाचार
पुँजीवादी व्यवस्थालाई बदल्नुपर्नेमा अध्यक्ष नेपालको जोड | प्रतिनिधिसभाले प्रतिस्थापन विधेयकलाई सदनमा नै छलफल गरेर अगाडि बढाउने | समाजवादी मोर्चा माओवादीलाई सरकारमा जान बनाइएको टेको नभएको प्रचण्डको दाबी | पेट्रोलियम पदार्थको मूल्यमा गिरावट | बिआरआई अवधारणा नेपालको सर्वोत्तम हितमा रहेको झलनाथ खनालको दाबी | कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्ने अभियानमा लागेको महासचिव चन्दको भनाई | उमन्स डे कप टी २० श्रृंखलामा नेपालले हङकङलाई हरायो | नेकपा एसको आन्दोलनको कार्यक्रम सार्वजनिक | तोलामा ४ हजारले बढ्यो सुनको मूल्य | वैदेशिक शिक्षा तथा भाषा परीक्षाका अनलाइन भुक्तानी गर्दा लाग्ने सेवा शुल्कमा ५०% छुट |

आज सुनको मूल्यमा भारी गिरावट

Nagarik Sewa 1242+ समाचार ( )
२२ कार्तिक २०८१, बिहीबार

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुन–चाँदीको मूल्य घटेको छ।  बुधबार प्रतितोला तीन सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला चार हजार रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६४ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ।

बुधबार छापावाल सुन प्रतितोला एक लाख ६८ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो।   ट्रम्पको विजयसँगै सुनको मूल्य घटेको विश्लेषण गरिएको छ। उनको जीतले अमेरिकामा मूल्य वृद्धि थप बढ्न सक्ने र यसले बण्ड र डलरको भाउ बढ्न सक्ने विश्लेषण गरिएको हो।

जसले गर्दा लगानीको लागि सुन कम आकर्षित हुन सकिने मानिएको छ। ट्रम्पको जीतसँगै सुनको फ्युचर मूल्य (भविष्यको मूल्य अनुमानका आधारमा गरिने कारोबारमा मूल्य) तीन प्रतिशतले घटेको अन्तर्राष्ट्रिय सञ्चार माध्महरूले उल्लेख गरेका छन्।

त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि घटेको छ। बुधबार प्रतितोला दुई हजार १५ रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार प्रतितोला एक हजार नौ सय ६० रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ५५ रूपैयाँ घटेको हो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २६ सय ५९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार