सञ्चारकर्मी तथा गायिका ईश्वरी बरालको नयाँ गीत ‘माया छ कि छैन’ सार्वजनिक

Nagarik Sewa 594+ समाचार ( )
२५ जेठ २०८१, शुक्रबार

काठमाडौं । सञ्चारकर्मी तथा गायिका ईश्वरी बरालको नयाँ गीत ‘माया छ कि छैन’ सार्वजनिक भएको छ। गीतको भिडियोमा चर्चित कलाकार आर्यन सिग्देल, सुजल बम र मोनिका बोहराको अभिनय रहेको छ।

भिडियोमा गायिका बरालको पनि नृत्य र अभिनय छ। श्री ईश्वरी प्रडक्सन युटुव च्यानलबाट सार्वजनिक गरिएको गीतको म्युजिक भिडियोको छायाङ्कन ललितपुर हरिसिद्धिस्थित इट्टा तथा टायल कारखाना र थापाथलिस्थित चियावालाकोमा गरिएको छ।

भिडियोका निर्देशक मुस्कान ढकाल हुन् भने छायाङ्कन नवराज उप्रेतीको छ भने कोरियोग्राफि शिशिर खातीले गरेका छन्। शब्द,सङ्गीत र एरेन्ज विपिन आचार्यको रहेको गीत कपुरधारास्थित एम बी म्युजिक रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको छ।

यसअघिका बरालका नरिसाउन होइ, खानदानी छोरी लगायत चर्चित गीतहरू बजारमा आइसकेका छन्।।

https://www.youtube.com/watch?app=desktop&v=VaSIqxG_uHU&si=H0oFAqnwt4mpAnzr&fbclid=IwZXh0bgNhZW0CMTEAAR0KYLvio-byX5JOV1tRcT0q7zsPBbuJ6nNWAvUzjQP-JgnjRGdEXbjdAGQ_aem_AUz8rFvDzJVd_LC_-6muDwy0gR0YhejeH7-k_viHryU5HzRhIgCfwXual5jdtBCPfEOIDe-_RwZLdTtGp9o0uZor


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार