सूचना टाँसगरी प्रतिनिधि सभा बैठक स्थगित

Nagarik Sewa 594+ समाचार ( )
२७ जेठ २०८१, आइतबार

काठमाडौं। प्रतिनिधि सभाको आज र भोलिको बैठक सूचना टाँसेर स्थगित भएको छ । सभामुख निवास बालुवाटारमा आज बिहान बसेको मुख्य दलका प्रमुख सचेतकसहितको बैठकले दुई दिन बैठक स्थगित गर्ने निर्णय गरेको हो ।

आजदेखि विनियोजन विधेयकमाथि छलफल गर्ने कार्यसूची थियो । अब २७ गतेदेखि नियमित छलफल हुनेछ । विनियोजन विधेयक, २०८१ अन्तर्गत मन्त्रालयगत छलफलका लागि बजेट पुस्तिका अध्ययनका लागि दलहरूले समय मागेका कारण बैठक रोक्नुपरेको हो ।

सभामुख देवराज घिमिरेले बोलाउनुभएको बैठकमा उपसभामुख इन्दिरा राना, नेपाली कांग्रेसका सचेतक सुशीला थिङ, एमाले प्रमुख सचेतक महेश बर्तौला, माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डे, रास्वपा प्रमुख सचेतक सन्तोष परियार र राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाही उपस्थित थिए । 

बैठकमा मुख्य सचिव डा वैकुण्ठ अर्याल र सङ्घीय संसदका महासचिव पद्मप्रसाद पाण्डेय पनि सहभागी थिए । अर्को बैठक जेठ २९ गतेका लागि बोलाइने भएको छ  ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार