मुख्य समाचार
एकीकृत समाजवादीप्रति आकर्षण बढ्ँदो: बुटवलमा विभिन्न पार्टी परित्याग गरि एसमा प्रवेश | निरोज तोलाङ्गगे अध्यक्षतामा समाजवादी प्रेश संगठन ललितपुरको नयाँ कमिटी चयन | टी २०आई शृंखलाको अन्तिम खेलमा नेपाल थाइल्यान्डसँग ७ विकेटले पराजित | माघ २७ मा बस्नेगरी प्रतिनिधि सभाको बैठक स्थगित | कर्खा गायक लालबहादुर गन्धर्वको निधन | राजकुमार एडवार्डद्वारा ब्रिटिश सेनामा नयाँ भर्ती भएकालाई पद तथा गोपनीयताको शपथ | सुन्तला खेतीमा रमाएका पूर्व शिक्षक | घरबेटीद्वारा डेरावाल बुढाथोकीको हत्या | तोलामा ४ सयले घट्यो सुनको मूल्य | परराष्ट्रमन्त्री राणाद्वारा विपिन जोशी रिहाइका लागी इरानका विदेशमन्त्रीसँग फोनवार्ता |

नेपाल जेसिजको राष्ट्रिय उपाध्यक्ष पदमा बविता पाण्डेको उम्मेदवारी घोषणा

Nagarik Sewa 980+ समाचार ( )
४ पौष २०८१, बिहीबार

काठमाडौं । नेपाल जेसिजको महाधिवेशनमा लम्की जेसिजको तर्फबाट वर्ष २०२० की शाखा अध्यक्ष जेसी बबिता पाण्डेले आगामी वर्ष २०२५ का लागि नेपाल जेसिजको राष्ट्रिय उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेकी छन्। उनले आफ्नो उम्मेदवारीका लागि सम्पूर्ण अग्रज, अभिभावक, शाखा अध्यक्ष, बोर्ड सदस्य, पूर्व अध्यक्ष, र नेपाल जेसिजका सम्पूर्ण नेतृत्व तथा देशभरका सदस्यहरूसँग समर्थनको अपिल गरेकी छन्।

उनले आफ्नो उम्मेदवारीप्रति सबैले देखाएको विश्वास र आशालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै मन र मतका लागि अपिल गरेकी छिन्।  महाधिवेशनमा करिब पाँच हजार जना सहभागी हुने तयारी रहेको महाधिवेशन निर्देशक दीपक ढकालले बताए । उनका अनुसार देशैभरका एक सय ७८ शाखाबाट जेसीजका सदस्यहरू सहभागी हुुनेछन् । महाधिवेशनबाट सन् २०२५ का लागि राष्ट्रिय अध्यक्षसहितका पदाधिकारीहरू चयन हुनेछन् । पुस ६, ७ र ८ गते इटहरी ९ स्थित जनता माध्यमिक विद्यालयको खेल मैदानमा महाधिवेशन हुनेगरी तयारी अन्तिम चरणमा पुगेको ढकालले बताए ।

महाधिवेशनमा करिब तीन करोड खर्च हुने अनुमान गरिएको छ । जसमा एक करोड भन्दा बढी रकम जेसीज सदस्यबाट सहभागी शुल्क लिइनेछ । बाँकी रहेको रकम कोशी प्रदेश सरकार, इटहरी उपमहानगरपालिकासहित विभिन्न पालिका, स्थानीय व्यापारीहरू तथा स्टलबाट व्यवस्थापन गरिने तयारी गरिएको छ । महाधिवेशनमा कूल एक हजार दुई सय ४६ मतदाताले मताधिकार गर्नेछन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार