प्रधानमन्त्री कार्की र डा. रूइतबिच भेटवार्ता

Nagarik Sewa 4158+ समाचार ( )
३१ भाद्र २०८२, मङ्गलबार

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले तिलगंगा आँखा प्रतिष्ठान पुगेर डा. सन्दुक रूइतलाई भेटर कुराकानी गर्नुभएको छ। उहाँहरूबीच के विषयमा कुराकानी भएको प्रधानमन्त्री कार्कीले बताउनुभएको छैन । 

यसै सन्दर्भमा पत्रकारहरूले डा. रूइतलाई मन्त्री हुन जाने हो भनेर सोधेका थिए। जबाफमा डा. रूइतले भन्नुभयो, ‘यत्रो छ यहाँ (आँखा अस्पतालमा) काम छाडेर आउने बिरामीलाई छाडेर आउँदैन।’

प्रधानमन्त्री कार्कीले मन्त्रिमण्डल बिस्तारको तयारी गरिरहेका बेला डा. रूइतलाई भेट्नुभएको हो। अहिले चार सदस्यको मन्त्रिमण्डल बनिसकेको छ। कार्की नेतृत्वको सरकारले ११ सदस्यीय मन्त्रिमण्डल बनाउने तयारी गरेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार